मगर समुदायले भूमि अर्थात् प्रकृतिको पूजाआजा गर्दै मनाउने पर्व हो भूमे पूजा।
सोही अवसरमा नेपाल मगर संघ केन्द्रीय समितिले आजबाट तीन दिनसम्म राजधानीको टुँडिखेलमा भूमे पूजा पर्व आयोजना गरेको छ।
वर्षायामको सुरुवातसँगै खाद्य बालीमा प्राकृतिक प्रकोप नलागोस्, दैवी विपत्ति नहोस् भनेर भूमिको पूजा गर्ने चलन छ।
पृथ्वीमा कुनै प्रलय नआउने धार्मिक विश्वासका कारण भूमि पूजा गरेर देवतालाई खुसी बनाउने गरिन्छ।
तस्बिरहरूः












तस्बिर : नेपाल फोटो लाइब्रेरी ।