फेसबुकमा अलबिदा लेखेर सम्पर्कविहीन भएका डाक्टर केशव श्रेष्ठ सकुशल फेला परेका छन्।
उनी बालाजुको एक रिसोर्टबाट फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।
सोमबार बिहान फेसबुकमा लामो स्टाटससहित 'अलबिदा' लेखेर सम्पर्कविहीन भएका थिए।
फेसबुकमा लेखिएको स्टाटसबारे थाहा पाएपछि प्रहरीले तत्कालै डा. श्रेष्ठलाई सम्पर्क गर्ने प्रयास गरेको थियो। उनी बेपत्ता भएको खबर पाएपछि प्रहरीले उनको खोजी गरेको थियो। उनको अन्तिम लोकेशन चाबहिल क्षेत्र देखिएको थियो।
त्यहाँबाट उनको मोबाइल अफ भएको थियो। त्यसपछि प्रहरीको विभिन्न निकायले उनको खोजी गरेको थियो।
उनले जिल्ला अस्पतालमा निमित्त मेडिकल सुपरिटेन्डेन्ट भएर काम गर्दा स्पष्टीकरण सोधेको डाक्टरहरूलाई प्रयोग गरी झुटो आरोप लगाएर सरूवा गराएको लगायतका विभिन्न आरोप लगाएका छन्।