डोटीको सेती नदीमा एक पुरूषको शव फेला परेको छ।
के.आई.सिंह गाउँपालिका-३ सेती नदी किनारमा एक पुरूषको शव फेला परेको हो।
आइतबार दिउँसो बाख्रा चराउन जाने मान्छेहरूले देखेपछि प्रहरीलाई खबर आएको जिल्ला प्रहरी कार्यालय डोटीका एसपी विनोद शर्माले जानकारी दिए।
'शव सड्न थालेकाले चोटपटकहरू छन् कि छैन भनेर छुट्याउन सकेनौं,' एसपी शर्माले भने, 'शव जिल्ला अस्पतालमा राखिएको छ।'
उनका अनुसार शव फेला पर्नसाथ साँझ नै उनको हुलिया खुलाएर देशैभरि परिपत्र गरिएको छ। अहिलेसम्म कोही पनि व्यक्ति खोज्न आएका छैनन्।
बझाङतिर शव गाड्ने चलन छ। पानीले बगाएर ल्याएको हो कि! भन्ने अनुमान गरिएको एसपी शर्माले बताए।