गृह मन्त्रालयले २१ जना कर्मचारीको सरूवा गरेको छ।
मन्त्रालयले मंगलबार १० वटा जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी पठाएको हो।
जिल्ला प्रशासन कार्यालय गोरखामा रामुराज कडरियाको पदस्थापन भएको छ।
भोजपुरमा सुरेश पन्थी, डडेल्धुरामा जनार्दन गौतम, इलाममा सुनिता नेपाल, सल्यानमा नेत्रप्रसाद सुवेदी, जुम्लामा केदारनाथ शर्मा र रोल्पामा बासुदेव दाहाललाई पदस्थापन गरिएको हो।
त्यसैगरी जिल्ला प्रशासन कार्यालय बैतडीमा पुण्य विक्रम पौडेल, सिन्धुलीमा दिनेशसागर भुसाल र डोटीमा बुद्धबहादुर गुरूङलाई पठाइएको छ।
सूची: