नेपाली सेनाले हुम्लामा बेलिबृज निर्माण गरिरहेको छ।
हिल्सा सिमिकोट सडकखण्डको खार्पुनाथस्थित चुवा खोलामा सेनाले बेलिबृज जडान गरिरहेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
चैत १२ गतेदेखि त्यहाँ बेलिबृज जडान भइरहेको छ।
अहिले उक्त निर्माणको काम अन्तिम चरणमा छ।