सप्तरीमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
आइतबार बिहान साढे ५ बजे हनुमानगर कंकालिनी नगरपालिका-१ भलुवा भन्ने ठाउँमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी जितेन्द्रकुमार बस्नेतका अनुसार को १० प ५६३ नम्बरको मोटरसाइकल र बा ५५ प ६६३९ नम्बरको मोटरसाइकल ठोक्किएको थियो।
दुर्घटनामा दुई चालक शम्भुननाथ नगरपालिका-११ का राजपुर बस्ने १९ वर्षीय अविनाश मण्डल र कञ्चनरूप नगरपालिका-१ बैरवाका ३४ वर्षीय ओमप्रकाश पञ्जियारको मृत्यु भएको हो।
मण्डलको उपचारका क्रममा राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा र पञ्जियारको विराटनगरस्थित न्युरोमा अस्पतालमा मृत्यु भएको डिएसपी बस्नेतले जानकारी दिए।
उनका अनुसार ५६२ नम्बरको मोटरसाइकलको पछाडि सवार कञ्चनरुप–१ कै ३० वर्षीया सुभास महतो घाइते भएका छन्।
उनको पनि उपचार भइरहेको छ।