बाँकेमा दस वर्षीय बालकको डुबेर मृत्यु भएको छ ।
बारा जिल्लाको देउताल ननगरपालिका- २ दक्षिण झिर्केमा घर भइ बाँकेको खजुरा गाउँपालिका- ३ खजुरा बजार बस्दै आएका मुस्ताक निया ठकु राईको १० वर्षीय ताजिर अलीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दिपक पातलीले जानकारी दिए।
उनका अनुसार शनिबार बेलुकी ५ बजेतिर उनी साथिहरूसँग स्थानीय पेडारी नालामा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए।
'शनिबार खोजी गर्दा उनको फेला परेको थिएन,' उनले भने, 'आज दिउँसो उनको शव फेला परेको हो।'