काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको नगरसभा बिथोल्न खोजेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंह उपस्थित हुने कार्यक्रममा अवरोध गर्न खोजेका दुई जनालाई गोकर्णेश्वर प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार स्थानीय राजु सुनार र आदर्श क्षेत्रीलाई नियन्त्रणमा लिइएको हो।
उनीहरू दुवै उपप्रधानमन्त्री सिंहलाई प्रश्न गर्नु छ भन्दै गेटमा बसेका थिए।
गोकर्णेश्वरका मेयर दीपक रिसाल आफैले उनीहरूलाई हट्न अनुरोध गर्दा नहटेपछि प्रहरीले नियन्त्रणमा लिएको हो।
'अहिले होल्ड गरेर राखेका छौं,' एक प्रहरीले भने।