ललितपुरको बालकुमारीस्थित मनहरा खोलामा हामफालेका युवकको उद्धार भएको छ।
नुवाकोट घर भइ पुनर्जीवन अस्पताल बालकुमारीमा उपचार गराइरहेका १८ वर्षीय आयुष बडाल बुधबार बिहान ६:४० बजे मनहरा खोलामा हामफालेका थिए।
उनलाई सशस्त्र प्रहरी बलको टोलीले उद्धार गरेको हो।
सशस्त्रका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गण ललितपुरबाट नेकपा एमाले पार्टी कार्यालय च्यासलको सुरक्षार्थ खटिएको सुरक्षा फौजले उनको युवकको उद्धार गरेको हो।
उद्वार गरिएका उनको अवस्था भने सामान्य रहेको डिएसपी थापाले बताए। हाल उनी मानसिकसम्बन्धी बिरामी भइ सो अस्पतालमा उपचारत रहेको डिएसपी थापाले जानकारी दिए।