धादिङमा त्रिशूली नदीमा हाम फालेर एक महिला बेपत्ता भएकी छन्।
बुधबार बिहान ८:४५ बजे धादिङको गल्छी गाउँपालिका-१ छांगेश्वर मन्दिरस्थित त्रिशूली नदीमा हाम फालेर एक महिला बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डिएसपी सुवास हमालले जानकारी दिए।
बेपत्ता हुनेमा सोही ठाउँमा बस्ने अन्दाजी ५६ वर्षीया साइँली गिरी छन्। गल्छि-१ र ८ नम्बर वडा जोड्ने झोलुंगेपुलबाट उनी हामफालेकी थिइन्।
उनको खोजीका लागि नेपाल प्रहरीका ७ र सशस्त्र प्रहरीको ९ जनाको टोली खटिएको डिएसपी हमालले जानकारी दिए।