पाल्पाकी चिनीमरा सार्कीको हत्या आरोपी २१ वर्षपछि पक्राउ परेका छन्।
साबिक सिलुवा गाविस–९ र हालको पूर्वखोला गाउँपालिका – १ गुणडाँडाका ६६ बर्षीय पूर्णबहादुर सार्की पक्राउ परेका हुन्।
उनले आफ्नै ५५ वर्षीया सासू चिनीमायाको हत्या २०६१ असार १९ गते दिउँसो गरेका थिए। सासू हत्यापछि पूर्णबहादुर फरार भएका थिए।
पूर्णबहादुरलाई बाँकेको नेपालगञ्ज उपमहागनरपालिक – १५ स्थित नेपाल–भारत सीमा नाका क्षेत्रबाट बिहीबार बिहान ४ बजेतिर पक्राउ गरिएको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी सुनिल मल्लले जानकारी दिए।
पूर्णबहादुर नेपालगञ्जमा रहेको गोप्य सूचनाको आधारमा पाल्पाबाट पुगेको प्रहरी टोलीले पहिचान गरेपछि बाँके प्रहरीको सहयोगमा उनलाई एकाबिहानै पक्राउ गरिएको थियो।
पूर्णबहादुरलाई ज्यानसम्बन्धी मुद्दा चलाउने गरी अनुसन्धानका लागि पाँच दिन थुनामा राख्न जिल्ला अदालतले म्याद दिएको छ।