विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिसम्बन्धी एकीकृत कार्यविधि २०८३ जारी भएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिहीबार पास भएको उक्त कार्यविधि शुक्रबार जारी गरेको हो।
यससँगै विभिन्न ८ विश्वविद्यालयका उपकुलपतिका लागि दरखास्त पनि आह्वान भएको छ।
आज गोरखा पत्रमा सूचना निकालेर त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि दरखास्त माग भएको हो।
विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिसम्बन्धी एकीकृत कार्यविधि २०८३ मा उपकुलपतिका लागि आवेदन दिन आवश्यक न्यूनतम योग्यता तोकिएको छ।
कार्यविधि बमोजिम विश्वविद्यालयको उपकुलपति नियुक्तिको लागि उम्मेदवारको न्यूनतम योग्यता मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा विद्यावारिधी उपाधि प्राप्त गरेको, अनुसन्धान र प्राज्ञिक क्षेत्रमा कम्तीमा दश वर्षको अनुभव हासिल गरेको, शैक्षिक वा प्राज्ञिक उन्नयनको क्षेत्रमा उत्कृष्ट व्यवस्थापनसम्बन्धी सिप र कौशल प्रदर्शन गरेको, चालिस वर्ष उमेर पूरा भएको, उच्च नैतिक चरित्र भएको, प्रचलित कानुन बमोजिम सार्वजनिक पदमा नियुक्तिको लागि अयोग्य नरहेको, आवेदकको सम्बन्धित विश्वविद्यालयसँग कुनै स्वार्थ नबाझिएको, नेपाली नागरिक भएको, दरखास्त दिने समयमा कुनै राजनीतिक दलको सदस्य नरहेको हुनुपर्नेछ।
लुम्बिनी बौद्ध विश्वविद्यालयको हकमा मान्यता प्राप्त विश्वविद्यालयबाट बौद्ध दर्शनसम्बन्धी विषयमा कम्तिमा विद्यावारिधी उपाधि हासिल गरेको हुनुपर्नेछ भने कृषि तथा वनविज्ञान विश्वविद्यालयको हकमा मान्यता प्राप्त विश्वविद्यालयाट कृषि, भेटेरेनरी वा वनविज्ञान विषयमा कम्तिमा विद्यावारिधी उपाधि हासिल गरेको हुनुपर्ने कार्यविधिमा उल्लेख छ।
सरकारले हालै अध्यादेश ल्याएपछि विश्वविद्यालयका पदाधिकारीहरूको कार्यकाल स्वत: सकिएको थियो।
यस्तो छ नयाँ कार्यविधि-