कृष्णभिरमा सडक भासिएको छ।
धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित बेनीघाट नजिक नदीले कटान गरेपछि सडक भासिएको हो।
प्रहरी प्रधान कार्यालयले नदीले सडक कटान गरेपछि मुख्य सडक भासिएको जानकारी दिएको छ।
धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले बाढीले सडक मुनिको भाग कटान गरेपछि सडक भासिएको बताइन्।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएसपी प्रकाश दाहालले पनि कृष्णभीरको सडक भासिएको जानकारी दिए।
'बाढी बढेको सूचनापछि तटीय क्षेत्रमा अवलोकनका लागि जाँदै थियौं। कृष्णभिरमा सडक भासिएको भन्ने खबर आयो। अहिले हामी त्यतै जाँदै छौं,' उनले भने।
सडक भासिएपछि यातायात पूर्ण रूपमा अवरूद्ध भएको छ।