रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा घर बास गुमाएकाहरूका लागि भारतबाट राहत सामाग्री आएको छ।
गायत्री परिवारको समन्वयमा पठाइएको उक्त सामाग्री बेलहिया भन्सार कार्यालयबाट पठाइएको बेलहिया भन्सार कार्यालयका प्रमुख हरिहर पौडेलले जानकारी दिए।
दुई वटा मालवाहक गाडी र साना दुई वटा गाडीमा ल्याइएका सामाग्रीमा लत्ताकपडा, कम्बल, त्रिपाल, ओछ्याने चट्टाई, भाँडाकुँडा र मैनबत्ती रहेका छन्।
भन्सार प्रमुख पौडेलका अनुसार दुई हजार दुई सय थान ओछ्याउने चट्टाइ, एक हजार पाँच थान कम्बल, त्रिपाल एक हजार एक सय थान, लगाउने कपडा १ हजार १४७ सेट, साडी १५२ थान रहेका छन्।
त्यस्तै खाना पकाउने भाँडा वर्तन ६ हजार २८८ सेट र ठुला एक सय प्याकेट मैन बत्ती रहेको पौडेलले बताए। भारतबाट पठाइएको उक्त सामानलाई आवश्यक कागजात हेरेर पठाइएको पौडेलले बताए।