रसुवा बाढीमा परेर ज्यान गुमाएका १ सय २ जनाको शव पोखरामा राखिएको छ।
तनहुँ, गोरखा, धादिङमा भेटिएका शव राख्ने ठाउँको अभाव भएपछि पोखरा पुर्याइएको थियो।
ती शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल/गण्डकी अस्पताल) र मणिपाल शिक्षण अस्पतालमा राखिएका छन्।
बेपत्ताको पहिचान गर्न भौतारिरहेका आफन्त शव पहिचान गर्न अन्य जिल्लाबाट कास्की सदरमुकाम पोखरासम्म पुगिरहेका छन्।
पोखरामा रहेका आफन्त पनि बाढीपीडित परिवारको आग्रहपछि अस्पतालसम्म आएका छन्।
शव पहिचान गर्न सहज होस् भनेर अस्पतालको एउटा हलमा फोटो डिस्प्ले गरिएको छ ।
डिस्प्ले कक्ष र शव गृहअगाडिको दृश्य निकै भावविह्वल देखिन्छ।
तस्बिरहरूः
-ink-1788085240.jpeg)
-ink-1788085239.jpeg)
-ink-1788085239.jpeg)
-ink-1788085240.jpeg)
-ink-1788085240.jpeg)
-ink-1788085240.jpeg)
-ink-1788085239.jpeg)
-ink-1788085239.jpeg)
-ink-1788085240.jpeg)
-ink-1788085241.jpeg)
-ink-1788085240.jpeg)
-ink-1788085240.jpeg)
तस्बिरहरूः अर्जुन गाहा/नेपाल फोटो लाइब्रेरी