पछिल्लो चार दिनदेखि डलरको भाउ स्थिर छ। गत शुक्रबारदेखि एक डलरको खरिददर १३० रुपैयाँ ६७ पैसा र बिक्रीदर १३१ रुपैयाँ २७ पैसा कायम छ।
आइतबारको तुलनामा युरोको मूल्य भने घटेको छ। आइतबार युरो एकको खरिददर १४४ रुपैयाँ र बिक्रीमा १४४ रुपैयाँ ६६ पैसा रहेकोमा आज युरो एकको खरिददर १४३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४१ पैसा रहेको छ।
आज बेलायती पाउण्ड स्टर्लिङको भाउ पनि घटेको छ। स्टर्लिङ एकको खरिददर आज १६२ रुपैयाँ २२ पैसा र बिक्रीदर १६२ रुपैयाँ ९७ पैसा तोकिएको छ। अघिल्लो दिन यसको खरिददर १६३ रुपैयाँ ४४ पैसा र बिक्रीदर १६४ रुपैयाँ १९ पैसा तोकिएको थियो।
आज अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रुपैयाँ ६७ पैसा र बिक्रीमा ८८ रुपैयाँ ७ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ७८ पैसा र बिक्रीमा ९८ रुपैयाँ २३ पैसा पाइन्छ।
राष्ट्र बैंकले सिंगापुर डलर एकको खरिददर ९८ रुपैयाँ २५ पैसा र बिक्रीदर ९८ रुपैयाँ ७० पैसा तोकिएको छ। यस्तै चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ २ पैसा र बिक्रीदर १९ रुपैयाँ १० पैसा कायम गरिएको छ।
साउदी अरेबियन रियाल एकको खरिददर सोमबार ३४ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३५ रुपैयाँ तोकिएको छ। यस्तै कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ६७ पैसा र बिक्रीमा ३६ रुपैयाँ ८४ पैसा पाइन्छ।
युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ५८ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७५ पैसा पाइन्छ। यो अघिल्लो दिनकै भाउ हो। मलेसियन रिंगिट एकको खरिदमा भने २९ रुपैयाँ ६८ पैसा र बिक्रीमा २९ रुपैयाँ ८२ पैसा पाइन्छ।
सोमबार कुवेती दिनारको भाउ भने बढेको छ। अघिल्लो दिन कुवेती दिनार एकको खरिददर ४२६ रुपैयाँ ७५ पैसा र बिक्रीदर ४२८ रुपैयाँ ७१ पैसा पुगेकोमा सोमबार यसको खरिददर ४२६ रुपैयाँ ८९ पैसा र बिक्रीदर ४२८ रुपैयाँ ८५ पैसा कायम गरिएको छ। त्यसैगरी आज बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ६० पैसा र बिक्रीदर ३४८ रुपैयाँ १९ पैसा तोकिएको छ।