चार दिनदेखि स्थिर रहेको अमेरिकी डलरको भाउ मंगलबार भने बढेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३० रुपैयाँ ८६ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४६ पैसा कायम गरिएको छ।
सोमबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ६७ पैसा र बिक्रीदर १३१ रुपैयाँ २७ पैसा थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा १९ पैसा बढेको हो।
त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४३ रुपैयाँ ७४ पैसा र बिक्रीमा १४४ रुपैयाँ ४० पैसा पाइन्छ।
क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ९२ पैसा र बिक्रीमा ९८ रुपैयाँ ३७ पैसा पाइन्छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ ७५ पैसा र बिक्रीमा ८८ रुपैयाँ १५ पैसा तोकिएको छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६२ रुपैयाँ ३६ पैसा र बिक्रीदर १६३ रुपैयाँ ११ पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८४ पैसा र बिक्रीमा ३६ रुपैयाँ पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६३ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८० पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २९ रुपैयाँ ५९ पैसा र बिक्रीमा २९ रुपैयाँ ७३ पैसा पाइन्छ।
मंगलबार कुवेती दिनार एकको खरिदमा ४२७ रुपैयाँ २८ पैसा र बिक्रीमा ४२९ रुपैयाँ २४ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ९ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ६८ पैसा तोकिएको छ।