मंगलबार नेप्से परिसूचक ३.०७ अंकले घटेको छ।
यस दिन नेप्से ०.१६ प्रतिशतले बढेर १९०४.९८ बिन्दुमा बन्द भएको छ।
मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
गत कारोबार दिन ९२ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा उक्त रकम घटेर यस दिन ८७ करोड ४ लाख ४८ हजार १५१ रुपैयाँ पुगेको छ।
यस दिन २६६ वटा धितोपत्रको २९ लाख ७५ हजार ९२० कित्ता सेयर किनबेच भएको हो।
मंगलबार कालिञ्चोक दर्शनको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। कम्पनीको प्रतिकित्ता मूल्य ६६७ रुपैयाँ ७० पैसा पुगेको छ।
यस्तै, मोलुङ हाइड्रोपावरको सेयरमूल्य ९.९७ प्रतिशतले बढेको छ। कम्पनीको सेयरमूल्य २०६ रुपैयाँ ३० पैसा कायम भएको छ।
यसैगरी, खप्तड लघुवित्तको सेयरमूल्य सर्वाधिक ५.०५ प्रतिशतले घटेको छ।
उक्त कम्पनीको मूल्य ९२१ रुपैयाँ पुगेको छ।
यस्तै, आदर्श लघुवित्तको मूल्य ४.६८ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार ५०० रुपैयाँमा झरेको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये तीन समूहको परिसूचक बढेको छ भने बाँकी १० समूहको परिसूचक घटेको छ।
यस दिन होटल्स तथा समूहको परिसूचक सर्वाधिक १.१७ प्रतिशतले बढेको छ।
यस्तै, उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक १.१२ प्रतिशतले घटेको छ।
मंगलबार प्रभु बैंकको संस्थापक सेयरको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता १०२ रुपैयाँमा ५ करोड २६ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा २ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा शिवम् सिमेन्ट रहेकोे छ। उक्त कम्पनीको ३९४ रुपैयाँमा ३ करोड ९८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।