सिद्धार्थ बैंक लिमिटेडले नयाँ वर्षको अवसरमा घर खरिद, निर्माण र पुनर्निर्माणका लागि विशेष घर कर्जा सुविधा सुरू गरेको छ।
यो योजनाअन्तर्गत बैंकले ग्राहकहरूलाई ११.७५ प्रतिशत वार्षिक ब्याजदरमा घर कर्जा प्रदान गर्ने जनाएको छ।
बैंकका अनुसार यसरी प्रदान गरिएको कर्जाको ब्याजदर पहिलो सात वर्षसम्मका लागि स्थिर रहनेछ।
बैंकले यो योजना सीमित अवधिका लागि मात्र लागू गरेको हो।
यो योजनाबारे विस्तृत जानकारी नजिकैको शाखा कार्यालय वा बैंकको वेबसाइट वा बैंकद्वारा सञ्चालित ग्राहक सेवा केन्द्र, सिद्धार्थ केयरमा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ। यसका लागि इमेल (customercare@sbl.com.np), भाइबर, फोन (०१–५९७००२०) वा हेल्पडेस्क प्रयोग गर्न सकिनेछ।