नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३० रुपैयाँ ९७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ५७ पैसा कायम गरिएको छ।
त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४३ रुपैयाँ ६६ पैसा र बिक्रीमा १४४ रुपैयाँ ३२ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६२ रुपैयाँ ८६ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६१ पैसा तोकिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ २६ पैसा र बिक्रीमा ८८ रुपैयाँ ६७ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ८९ पैसा र बिक्रीमा ९८ रुपैयाँ ३४ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८९ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६७ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८३ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार २९ रुपैयाँ ५४ पैसा र बिक्रीमा २९ रुपैयाँ ६७ पैसा पाइन्छ।
बुधबार कुवेती दिनार एकको खरिदमा ४२७ रुपैयाँ ४६ पैसा र बिक्रीमा ४२९ रुपैयाँ ४२ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३४९ रुपैयाँ १ पैसा तोकिएको छ।