बुधबार नेप्से परिसूचक १५.१३ अंकले बढेको छ।
यस दिन नेप्से ०.७९ प्रतिशतले बढेर १९२०.१२ बिन्दुमा बन्द भएको छ।
बुधबार नेप्से परिसूचक बढेपनि कारोबार रकम भने अघिल्लो दिन बराबर भएको छ।
गत कारोबार दिन ८७ करोड ४ लाख ४८ हजार १५१ बराबरको कारोबार भएकोमा यस दिन ८७ करोड २१ लाख ४१ हजार ११६ रुपैयाँ पुगेको छ।
यस दिन २७३ वटा धितोपत्रको २५ लाख ७९ हजार २३५ कित्ता सेयर किनबेच भएको हो।
बुधबार कालिञ्चोक दर्शन र मोलुङ हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ।
कालिञ्चोक दर्शनको प्रतिकित्ता मूल्य ७३४ रुपैयाँ ४० पैसा पुगेको छ।
यस्तै, मोलुङ हाइड्रोपावरको सेयरमूल्य २२६ रुपैयाँ ९० पैसा कायम भएको छ।
यसैगरी, आदर्श लघुवित्तको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ।
उक्त कम्पनीको सेयरमूल्य एक हजार ३५० रुपैयाँ पुगेको छ।
यस्तै, ग्लोबल आइएमई ब्यालेन्सड् फण्डको मूल्य ३.७३ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ८ रुपैयाँमा झरेको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक ०.४७ प्रतिशतले घटेको छ भने बाँकी १२ समूहको परिसूचक बढेको छ।
यस दिन विकास बैंक समूहको परिसूचक सर्वाधिक १.२७ प्रतिशतले बढेको छ।
बुधबार स्वावलम्बन लघुवित्तको संस्थापक सेयरको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ७८२ रुपैयाँमा ८ करोड ८३ लाख बराबरको सेयर कारोबार भएको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा नबिल बैंक रहेकोे छ। उक्त कम्पनीको ६२० रुपैयाँमा ३ करोड ६६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।