एनआइसी एशिया बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ।
उक्त वित्तीय विवरण अनुसार बैंकले यस त्रैमाससम्ममा ४ अर्ब १ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ।
यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ११ प्रतिशत वृद्धि भएको हो।
बैंकले आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमाससम्ममा कर्जा व्यवसायतर्फ कुल कर्जा रकम २ खर्ब ७७ अर्ब ७ करोड रुपैयाँ पुर्याउन सफल भएको छ।
साथै, निक्षेपतर्फ कुल निक्षेप संकलन ३ खर्ब १६ अर्ब ५५ करोड रुपैयाँ पुर्याउन बैंक सफल भएको छ।
यसैगरी बैंकको स्व–पुँजीमा प्रतिफल २०.१७ प्रतिशत रहेको छ।
साथै, बैंकले वार्षिक प्रति सेयर आम्दानी ४६.७६ रुपैयाँ आर्जन गर्न सफल भएको छ।
स्व–पुँजीमा प्रतिफल र प्रति सेयर आम्दानी २१ वटै वाणिज्य बैंकहरूमध्ये अग्रणी रहेको अनुमान बैंकले गरेको छ।
बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जा अनुपातलाई तेस्रो त्रैमाससम्ममा ०.८५ प्रतिशतमा सीमित राखेको छ।
बैंकले आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमाससम्ममा ४ लाख ८ हजारभन्दा बढी नयाँ ग्राहकहरू थप गर्दै ३७ लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ।
याे त्रैमाससम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८७ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको बताएको छ।