साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक १५.७३ अंकले घटेको छ।
यस दिन नेप्से ०.८२ प्रतिशतले घटेर १९०४.४० बिन्दुमा बन्द भएको छ।
बिहीबार नेप्से परिसूचक घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।
गत कारोबार दिन ८७ करोड २१ लाख ४१ हजार ११६ रुपैयाँ बराबरको कारोबार भएकोमा यस दिन उक्त रकम बढेर ९७ करोड ८५ लाख ५१ हजार ४५६ रुपैयाँ पुगेको छ।
यस दिन २६७ वटा धितोपत्रको ३१ लाख ९४ हजार ८२७ कित्ता सेयर किनबेच भएको हो।
बिहीबार कालिञ्चोक दर्शनको सेयरमूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ।
यस दिन उक्त कम्पनीको प्रतिकित्ता मूल्य ८०७ रुपैयाँ ८० पैसा पुगेको छ।
यस्तै, मोलुङ हाइड्रोपावरको सेयरमूल्य ९.९६ प्रतिशतले बढेर २४९ रुपैयाँ ५० पैसा कायम भएको छ।
यसैगरी, एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड–२ को इकाइ मूल्य सर्वाधिक १०.०४ प्रतिशतले घटेको छ।
उक्त योजनाको इकाइ मूल्य ८ रुपैयाँ ६९ पैसामा झरेको छ।
यस्तै, आदर्श लघुवित्तको सेयरमूल्य १० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार २१५ रुपैयाँ पुगेको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।
यस दिन वित्त समूहको परिसूचक सर्वाधिक १.५० प्रतिशतले घटेको छ।
बिहीबार एनआइसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ७३५ रुपैयाँमा ५ करोड ७५ लाख बराबरको सेयर कारोबार भएको हो।
याे मूल्य अघिल्लाे दिनकाे तुलनामा ०.९० प्रतिशत घटेकाे हाे।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा कुमारी बैंकको संस्थापक सेयर रहेकोे छ। उक्त कम्पनीको ११० रुपैयाँमा ३ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।