नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३१ रुपैयाँ १४ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७४ पैसा कायम गरिएको छ।
बिहीबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ २७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ८७ पैसा थियो। यो मूल्य अघिल्लो दिनको १३ पैसा घटेको हो।
युरोपियन युरो एकको खरिदमा भने १४३ रूपैयाँ ८९ पैसा र बिक्रीमा १४४ रूपैयाँ ५५ पैसा पाइन्छ।
बिहीबार युरो एकको खरिदमा भने १४३ रुपैयाँ ४८ पैसा र बिक्रीमा १४४ रुपैयाँ १३ पैसा तोकिएको थियो।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रूपैयाँ ३० पैसा र बिक्रीमा ८८ रूपैयाँ ७१ पैसा तोकिएको छ।
यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६३ रूपैयाँ १५ पैसा र बिक्रीदर १६३ रूपैयाँ ९० पैसा तोकिएको छ।
क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ३६ पैसा र बिक्रीमा ९७ रूपैयाँ ८० पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रूपैयाँ ८९ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रूपैयाँ ९७ पैसा र बिक्रीदर ३५ रूपैयाँ १३ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ७१ पैसा र बिक्रीमा ३५ रूपैयाँ ८७ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २९ रूपैयाँ ५५ पैसा र बिक्रीमा २९ रूपैयाँ ६९ पैसा पाइन्छ।
शुक्रबार कुवेती दिनार एकको खरिदमा ४२७ रूपैयाँ ९६ पैसा र बिक्रीमा ४२९ रूपैयाँ ९२ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४७ रूपैयाँ ८५ पैसा र बिक्रीदर ३४९ रूपैयाँ ४४ पैसा तोकिएको छ।