साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक १८.८० अंकले घटेको छ।
यस दिन नेप्से ०.९९ प्रतिशतले घटेर १८८५.६० बिन्दुमा बन्द भएको छ।
आइतबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
गत कारोबार दिन ९७ करोड ८५ लाख ५१ हजार ४५६ रुपैयाँ बराबरको कारोबार भएकोमा यस दिन उक्त रकम घटेर ८२ करोड ८५ लाख ३४ हजार ३६ रुपैयाँ पुगेको छ।
यस दिन २६५ वटा धितोपत्रको २७ लाख ३४ हजार ३०७ कित्ता सेयर किनबेच भएको हो।
आइतबार सनराइज व्लूचीप फण्ड र आदर्श लघुवित्तको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ।
यस दिन उक्त सनराइज व्लूचीप फण्डको इकाइ मूल्य ९ रुपैयाँ ३४ पैसा र आदर्श लघुवित्तको सेयर मूल्य एक हजार ३३६ रुपैयाँ ५० पैसा पुगेको छ।
यस्तै, कालिन्चोक दर्शनको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ८८८ रुपैयाँ ५० पैसा कायम भएको छ।
यसैगरी, सनराइज फोकस्ड् इक्विटी फण्डको इकाइ मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ।
उक्त योजनाको इकाइ मूल्य ९ रुपैयाँमा झरेको छ।
यस्तै, एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड–२ को इकाइ मूल्य ७.२५ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ८ रुपैयाँ ६ पैसा पुगेको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये होटल्स तथा पर्यटन समूहको ०.३१ प्रतिशतले बढेको छ भने सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।
यस दिन वित्त समूहको परिसूचक सर्वाधिक २.०१ प्रतिशतले घटेको छ।
आइतबार मोलुङ हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता २५४ रुपैयाँमा ३ करोड ११ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा १.८० प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा शिवम् सिमेन्ट रहेकोे छ। उक्त कम्पनीको ३९६ रुपैयाँमा २ करोड ८९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।