मेन्छियाम हाइड्रोपावरको आइपिओ आज (बुधबार) बाँडफाँट भएको छ।
बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा गोलाप्रथामार्फत कुल ९५ हजार ४११ जनाले सेयर पाएका छन्।
जसमध्ये ४ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका हुन्।
यसमा कुल १२ लाख ४४ हजार ३८५ जनाले आवेदन दिएकोमा ६५ हजार ६४६ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले जानकारी गराएको छ।
कम्पनीले वैशाख ४ गतेदेखि ७ गतेसम्म उक्त आइपिओ बिक्री गरेको थियो।
कम्पनीले जारी पुँजी ५४ करोड २५ लाख ८३ हजार ३०० रुपैयाँको ३० प्रतिशतले हुने आउने १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको १६ लाख २७ हजार ७५० कित्ता सेयर निष्कासनमा ल्याएको थियो।
जसमध्ये १० प्रतिशत अर्थात् ५ करोड ४२ लाख ५८ हजार ३०० रुपैयाँ बराबरको ५ लाख ४२ हजार ५८३ कित्ता आइपिओ आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि छुट्याएकोमा ५ लाख ५ हजार ७८० कित्ता सेयर मात्रै स्थानीयमा वितरण गरेको हो।
जारी पुँजीको २० प्रतिशत अर्थात् १० करोड ८५ लाख १६ हजार ७०० रुपैयाँ बराबरको १० लाख ८५ हजार १६७ कित्ता सेयरमध्ये १ करोड ८ लाख ५१ हजार ७०० रुपैयाँ बराबरको १ लाख ८ हजार ५१७ कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि बिक्री गरिसकेको छ।
यस्तै २ प्रतिशत अर्थात् २२ हजार ४३९ कित्ता कर्मचारीहरूलाई र ५ प्रतिशत अर्थात् ५६ हजार ९९ कित्ता सामुहिक लगानीकोषलाई सुरक्षित गरी बाँकी रहेको ९ लाख ३४ हजार ९१५ कित्ता सेयरको लागि सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो।
लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्।
साथै, कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ।