एनएमबी बैंकले एनएमबी स्मार्ट नारी बचत खाताका ग्राहकहरूलाई वासिङ मेसिन र माइक्रोवेभ ओभनमा छुट उपलब्ध गराउन हिम इलेक्ट्रोनिक्ससँग साझेदारी गरेको छ।
ग्राहकहरूले वासिङ मेसिन र माइक्रोवेभ ओभन खरिदमा २३ प्रतिशतसम्म छुट र इ एनएमबी मोबाइल एप मार्फत भुक्तानी गर्दा थप एक हजार पाँच सय रुपैयाँसम्म छुट पाउनेछन्।
यस साझेदारीको उद्देश्य ग्राहकहरूलाई नवीनतम र सबैभन्दा एड्भान्स घरेलु उपकरणहरूमा पहुँच सुनिश्चित गर्ने रहेको बताइएको छ।
यस अफरमार्फत् बैंकका ग्राहकहरूले पर्याप्त छुटको मजा लिँदै सामसङको उच्च गुणस्तरको वासिङ मेसिन र माइक्रोवेभ ओभनहरूबाट सजिलै आफ्नो घर अपग्रेड गर्न सक्ने बैंकको भनाइ छ।
यो अफर प्राप्त गर्नका लागि ग्राहकसँग एनएमबी स्मार्ट नारी बचत खाता हुनुपर्छ। यो अफर सीमित अवधिको लागि मात्र रहेको बैंकले बताएको छ।
बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटिएम र १२ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गदै आइरहेको छ।