मुक्तिनाथ विकास बैंकले १० लाख रुपैयाँ बीमा रकम हस्तान्तरण गरेको छ।
बैंकले सवारी दुर्घटनामा परी ज्यान गुमाएका कोहलपुर नगरपालिका ११ का स्व. जय प्रकाश घर्तिको परिवारलाई बीमा बैंकले सिद्धार्थ इन्स्योरेन्स लिमिटेडसँगको सहकार्यमा मुक्तिनाथ उत्कृष्ट बचत खाता खोल्ने ग्राहकको बीमा गरेको थियो।दाबी भुक्तानी बापत उक्त रकम उपलब्ध गराएको हो।
निजले उक्त बैंकमा बीमा सुविधा भएको मुक्तिनाथ उत्कृष्ट बचत खाता खोलेका कारण उनको परिवारले बीमा दाबी भुक्तानी बापत राहत पाएका बैंकले बताएको छ।
बैंकले सिद्धार्थ इन्स्योरेन्स लिमिटेडसँगको सहकार्यमा मुक्तिनाथ उत्कृष्ट बचत खाता खोल्ने ग्राहकको बीमा गरेको थियो।
बैंकले बुधबार कोहलपुर नगरपालिका ११ नं. वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी उक्त बीमा दाबी भुक्तानी बापतको १० लाख रुपैयाँको रकम मृतकको श्रीमती सलिना वली घर्तिलाई हस्तान्तरण गरेको हो।
उक्त रकम बैंकका क्षेत्रीय प्रमुख विजय के.सी र वडा अध्यक्ष श्रीमती कल्पना शर्माले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन्।
कार्यकक्रमा अन्य जनप्रतिनिधीहरू, पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी, बैंकका कर्मचारीहरू र स्थानीय व्यक्तिहरूको उपस्थिती रहेको थियो।
हाल बैंकको परिवार लक्षित १ करोड १ लाख रुपैयाँसम्मको बीमा सुविधा दिने मुक्तिनाथ आर्शिवाद बचत खाता पनि निकै लोकप्रिय रहेको छ।
साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेढवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ।