मुक्तिनाथ विकास बैंकको बृहत वित्तीय साक्षरता, विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धन तथा घरदैलो कार्यक्रम सम्पन्न भएको छ।
नेपाल राष्ट्र बैंकको यस आर्थिक वर्षलाई विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धन वर्षका रूपमा मनाउने अभियानसँगै बैंकले बृहत वित्तीय साक्षरता, विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धन तथा घरदैलो कार्यक्रम सम्पन्न गरेको हो।
बैंकले शुक्रबार र शनिबार सबै शाखा कार्यालयहरू र केन्द्रीय कार्यालयका कर्मचारीको देशभर बृहत वित्तीय साक्षरता, विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धन तथा घरदैलो कार्यक्रम सम्पन्न गरेको हो।
'जनता बैंकमा होइन बैंक जनतामा जानुपर्दछ' भन्ने मूल नारा बोकेको बैंकले देशभरका विभिन्न विद्यालय, कलेज, समुदाय केन्द्रहरू तथा अन्य सार्वजजिक स्थलमा उक्त कार्यक्रमको आयोजना गरेको थियो।
बैंकले आयोजना गरेको उक्त कार्यक्रममा बैंकका अध्यक्ष, सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापनसहित अन्य सम्पूर्ण कर्मचारी र केही संस्थापक सेयरधनीको सहभागिता रहेको थियो।
यसरी वित्तीय साक्षरता तथा घरदैलो कार्यक्रम राख्दै बैंकले विद्यार्थी, जनमानस तथा ग्राहकमा बैंकका विभिन्न सेवाबारे घरमै गएर जानकारी गराएको थियो।
डिजिटल कारोबारलार्ई प्रोत्साहनगर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकमझिक्न सकिने व्यवस्था गरेको छ।