साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक १९.११ अंकले घटेको छ।
यस दिन नेप्से १.०१ प्रतिशतले घटेर १८७०.६५ बिन्दुमा बन्द भएको छ।
आइतबार नेप्से परिसूचक घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।
गत कारोबार दिन ७३ करोड ९६ लाख ५० हजार २४७ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर ९५ करोड ४३ लाख २२ हजार ३७७ रुपैयाँ पुगेको छ।
यस दिन २७१ वटा धितोपत्रको ३२ लाख ६ हजार ४५० कित्ता सेयर किनबेच भएको हो।
आइतबार एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड–२ को इकाइ मूल्य सर्वाधिक ३.३३ प्रतिशतले बढेको छ। यस दिन उक्त योजनाको इकाइ मूल्य ८ रुपैयाँ ६ पैसा पुगेको छ।
यस्तै, ८.५% प्रभु बैंक डिवेञ्चर २०८७ को मूल्य ३.१८ प्रतिशतले बढेर प्रति डिवेञ्चर मूल्य ८१० रुपैयाँ पुगेको छ।
यसैगरी, एनआइबिएल ग्रोथ फण्डको इकाइ मूल्य ८.८९ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ८ रुपैयाँ २० पैसा पुगेको छ।
यस्तै, अपर सोलु हाइड्रोको सेयर मूल्य ४.७० प्रतिशतले घटेर प्रति कित्ता मूल्य ३०४ रुपैयाँ पुगेको छ।
आइतबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ४०५ रुपैयाँमा ४ करोड २५ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा २.६४ प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेकोे छ। उक्त कम्पनीको १८२ रुपैयाँ ९० पैसामा ३ करोड ५७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।
यस दिन जलविद्युत समूहको परिसूचक सर्वाधिक १.८७ प्रतिशतले घटेको छ।