नेपाल उद्योग वाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणालाई वर्ल्ड बुक अफ रेकर्डले एसियन म्यागनम अवार्ड २०२३ बाट सम्मानित गरेको छ।
भारतको इन्दोरमा शनिबार आयोजित एक कार्यक्रममा राणालाई यस्तो सम्मान गरिएको हो। शनिबार राणाको संयोजकत्वमा भारतको मध्य प्रदेशका उद्योगी व्यवसायी सहित 'विजनेश मिट' पनि सम्पन्न भएको छ।
नेपाल र मध्य प्रदेशबीच खाद्य प्रशोधन, मल, जडिबुटी, ठूला पूर्वाधार निर्माण सामाग्री र धार्मिक पर्यटनको क्षेत्रमा सहकार्य गरेर अगाडि बढ्न सकिने विषयमा विजनेस मिट केन्द्रीत रह्यो।
राणाले विजनेस मिटको प्रमुख अध्यक्षता गरेकी थिइन्।