मंगलबार नेप्से परिसूचक ४.२७ अंकले घटेको छ।
यस दिन नेप्से ०.२३ प्रतिशतले घटेर १८६६.४० बिन्दुमा बन्द भएको छ।
मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
गत कारोबार दिन ९५ करोड ४३ लाख २२ हजार ३७७ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर ६९ करोड १० लाख १९ हजार २१२ रुपैयाँमा सीमित भएको छ।
यस दिन २७१ वटा धितोपत्रको २३ लाख ३३ हजार ९९५ कित्ता सेयर किनबेच भएको हो।
मंगलबार आत्मनिर्भर लघुवित्तको सेयरमूल्य सर्वाधिक ८.२० प्रतिशतले बढेको छ। यस दिन उक्त कम्पनीको सेयरमूल्य ४३६ रुपैयाँ ९० पैसा पुगेको छ।
यस्तै, १०% सनराइज डिवेञ्चर २०८० को मूल्य ४.९७ प्रतिशतले बढेर प्रति डिवेञ्चर मूल्य ९९९ रुपैयाँ ६० पैसा पुगेको छ।
यसैगरी, स्वेत गंगा हाइड्रोपावरको सेयरमूल्य ४.७० प्रतिशतले घटेर प्रति कित्ता मूल्य ३०४ रुपैयाँ पुगेको छ।
यस्तै, मिथिला लघुवित्तको सेयर मूल्य ४.५७ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ७०० रुपैयाँ पुगेको छ।
मंगलबार हिमालयन डिष्टिलरीको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता एक हजार नौ सय रुपैयाँमा २ करोड ४४ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ०.५२ प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा नेपाल दूरसञ्चार कम्पनी रहेको छ। उक्त कम्पनीको ८०२ रुपैयाँ ९० पैसामा २ करोड २८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सात समूहको परिसूचक बढेको छ भने बाँकी छ समूहको परिसूचक घटेको हो।
यस दिन म्युचुअल फण्ड समूहको परिसूचक सर्वाधिक ०.५४ प्रतिशतले बढेको छ।
यस्तै, व्यापार समूहको परिसूचक सर्वाधिक १.५३ प्रतिशतले घटेको छ।