बुधबार नेप्से परिसूचक ९.१८ अंकले घटेको छ।
यस दिन नेप्से ०.४९ प्रतिशतले घटेर १८५७.२३ बिन्दुमा बन्द भएको छ।
बुधबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
गत कारोबार दिन ६९ करोड १० लाख १९ हजार २१२ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर ६२ करोड २ लाख ६६ हजार १६ रुपैयाँमा सीमित भएको छ।
यस दिन २६५ वटा धितोपत्रको २१ लाख ५५ हजार ५८६ कित्ता सेयर किनबेच भएको हो।
बुधबार आत्मनिर्भर लघुवित्तको सेयरमूल्य सर्वाधिक ६.०९ प्रतिशतले बढेको छ। यस दिन उक्त कम्पनीको सेयरमूल्य ४६३ रुपैयाँ ५० पैसा पुगेको छ।
यस्तै, स्वेत गंगा हाइड्रोपावको सेयरमूल्य ५.६६ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ३२१ रुपैयाँ २० पैसा पुगेको छ।
यसैगरी, एनआइबिएल ग्रोथ फण्डको इकाई मूल्य ५.३५ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ७ रुपैयाँ ६१ पैसा पुगेको छ।
यस्तै, सनराइज ब्लूचीप फण्डको इकाई मूल्य ५.१९ प्रतिशतले घटेर प्रति इकाई मूल्य ७ रुपैयाँ ३० पैसा पुगेको छ।
बुधबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ३९९ रुपैयाँमा ३ करोड ५ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा १.४६ प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा हिमालयन डिष्टिलरी रहेकोे छ। उक्त कम्पनीको एक हजार ८८८ रुपैयाँमा २ करोड ५६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये उत्पादन तथा प्रशोधन समूहको परिसूचक ०.०१ प्रतिशत र म्युचुअल फण्ड समूहको परिसूचक ०.१९ प्रतिशतले बढेको छ भने बाँकी समूहको परिसूचक घटेको हो।
यस दिन होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक १.४८ प्रतिशतले घटेको छ।