बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मकर जितुमाया सुरी हाइड्रोपावरको सेयर सूचीकृत भएको छ।
कम्पनीको ७६ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई निष्कासन गरेको ७ लाख ६० हजार कित्ता, सर्वसाधारण लगानीकर्ताहरूलाई निष्कासन गरेको (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामुहिक लगानी कोष र कर्मचारीहरू सहित) १५ लाख २० हजार कित्ता र कम्पनीका संस्थापकहरूले लगानी गरेको ५३ लाख २० हजार कित्ता सहित उक्त सेयर नेप्सेमा सूचीकृत गरेको हो।
कम्पनीको सेयरलाई नेप्सले पहिलो कारोबारको लागि न्यूनतम ९२ रुपैयाँ ७१ पैसादेखि अधिकतम २७८ रुपैयाँ १३ पैसा ओपनिङ रेन्ज तोकेको छ।
सोही मूल्यलाई आधार मानेर आइतबारदेखि कम्पनीको सेयर दोस्रो बजारमा कारोबार हुनेछ।
नेप्सेले कम्पनीको वास्तविक नेटवर्थको तीन गुणासम्म पहिलो कारोबारको लागि मूल्य रेञ्ज तोक्ने गर्छ।
कम्पनीको 'एमएकेएआर' संकेतमा कारोबार खुला हुनेछ।
त्यस्तै, सूचीकृतपछि दिनुपर्ने आरटिएस सेवा प्रभु क्यापिटल कमलादीबाट हुने समेत कम्पनीले जानकारी दिएको छ।