२०८१ साउनदेखि २०८२ वैशाखसम्म (दश महिना)मा १३ खर्ब ५६ अर्ब ६१ करोड रूपैयाँको रेमिटेन्स आएको छ।
नेपाल राष्ट्र बैंकको मासिक प्रतिवेदनअनुसार यो अघिल्लो आर्थिक वर्षको सोही समयको तुलनामा १३.२ प्रतिशतले बढी हो।
२०८२ वैशाख महिनामा मात्रै विप्रेषण आप्रवाह १ खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ रहेको छ, जुन अघिल्लो वर्षको सोही महिनाको १ खर्ब १५ अर्ब ९९ करोडको तुलनामा उल्लेख्य वृद्धि हो।
अमेरिकी डलरमा यो अवधिको विप्रेषण आप्रवाह १०.५ प्रतिशतले बढेर ९ अर्ब ९६ करोड पुगेको छ। जबकि अघिल्लो वर्ष यस्तो वृद्धि १४.८ प्रतिशत थियो।
वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा पनि वृद्धि भएको छ। यो अवधिमा अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिनेको संख्या ४ लाख ५ हजार ६१० र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ८० हजार ३१४ रहेको छ।
अघिल्लो वर्ष यो संख्या क्रमशः ३ लाख ७३ हजार ३०७ र २ लाख ३६ हजार ३९८ थियो।