मंगलबार पनि नेप्से परिसूचक दोहोरो अंकले बढेको छ।
सोमबार २३.१९ अंक र मंगलबार २५.०७ अंक गरी यो दुई दिनमा नेप्से ४८.२६ अंकले बढेको हो
नेप्से २६७८.१७ विन्दुमा बन्द भएको छ।
यसदिन नेप्सेसँगै कारोबार रकम पनि बढेको छ।
सोमबार आठ अर्ब ६८ करोड रूपैयाँको सेयर कारोबार भएकोमा मंगलबार १० अर्ब १६ करोड रूपैयाँको कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा १ अर्ब ४८ करोड रूपैयाँ वृद्धि भएको हो।
आज ३११ वटा धितोपत्रको दुई करोड ३६ लाख ९७ हजार १४५ कित्ता सेयर किनबेच भएको हो।
सोमबार १९६ कम्पनीको सेयर मूल्य बढेको छ भने ५२ वटाको घटेको छ।
यस दिन पियोर इनर्जी र श्री इन्भेष्टमेन्ट फाइनान्सको मूल्य सर्वाधिक ९.९९ प्रतिशतका दरले बढेको छ।
उक्त कम्पनीहरूको प्रतिकित्ता मूल्य क्रमशः ६८१ रूपैयाँ ७० पैसा र ५३६ रूपैयाँ ३० पैसा पुगेको छ।
रावा इनर्जीको मूल्य सर्वाधिक ६.२० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ८२२ रूपैयाँमा झरेको छ।
यसैगरी, ओम मेगाश्री फर्मास्युटिल्सको मूल्य ४.०७ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार ५९१ रूपैयाँ कायम भएको छ।
मंगलबार हाइड्रोइलेक्ट्रिसिटी इनभेष्टमेन्ट संस्थापक सेयरको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता २२४ रूपैयाँ १० पैसामा ५८ करोड ४९ लाख रूपैयाँको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ५.८३ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा अरुण काबेली पावर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता २८५ रूपैयाँ ७० पैसामा ५३ करोड १३ लाख बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको छ।
यसदिन वित्त समूहको परिसूचक सर्वाधिक ५.१२ प्रतिशतले बढेको छ।