कुमारी बैंक र गुर्जुधारा, काठमाडौंस्थित भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रा.लि.(गुर्जुधारा ट्रायल सेन्टर) का बीच कुमारी बैंकका ग्राहकहरूलाई एकेडेमीबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।
यस सम्झौता अनुसार यातायात व्यवस्था कार्यालय ठूलो भर्यााङ्गले सवारी चालक अनुमतिपत्रको लागि प्रयोगात्मक परीषा सञ्चालन गराउँदै आएको गुर्जुधारास्थित भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रा.लि. (गुर्जुधारा ट्रायल सेन्टर) मा उपलब्ध सम्पूर्ण ड्राइभिङ कोर्सहरूमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट उपलब्ध गराउने भएको छ।
विगत २४ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना ग्राहकहरूको सुविधाको लागि विभिन्न क्षेत्रका व्यवसायीहरूसँग समन्वयन गरि छुट तथा किस्ताबन्दीका सुविधाहरू उपलब्ध गराउँदै आएको छ।
बैंकले ३०२ शाखा सञ्जाल, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ इकाईहरू मार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।