सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ।
गत जेठ ३० गते कम्पनीको प्रधान कार्यलय थापाथलीमा कम्पनीका सञ्चालक समिति, संस्थापक लगानीकर्ता, उच्च व्यवस्थापन समिति सहित कम्पनीमा कार्यरत सम्बन्धित सम्पूर्ण कर्मचारीहरूको उपस्थितिमा सो कार्यक्रम आयोजना गरिएको थियो र काठमाडौं उपत्यका बहिरका प्रदेश प्रमुख साथै शाखा प्रबन्धकहरूको अनलाइन मार्फत सहभागितामा सो अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको थियो ।
यस कार्यक्रम नेपाल बीमा प्राधिकरणका निर्देशक शाम्भराज लामिछाने साथै उप निर्देशक पदम प्रसाद सोडारीले प्रस्तुत गरे।
साथै कार्यक्रमको आयोजना कम्पनीका तर्फबाट कानुन, अनुपालन तथा जोखिम व्यवस्थापन अधिकृत बिदुर बहादुर भुजेलले गरे।
उक्त तालिममा ग्राहकको सम्पत्ति र आयको स्रोतको विवरण राख्ने, ग्राहक पहिचान फारमलाई अद्यावधिक राख्ने, गैर कानुनी कमाई र आतंककारी कार्यबाट संकलित कालो धनलाई बीमाको माध्यमबाट सेतो धन बनाउने कार्यलाई कसरी नियन्त्रण गर्न सकिन्छ, यसका प्रक्रियाहरू के-के हुन्, रिपोर्टिङ कसरी गर्ने आदि विषयमा विस्तृत जानकारी दिइएको थियो।
सिटिजन लाइफले नियमित अवधिमा यस कार्यक्रम सञ्चालन गर्दै आएको छ। साथै काठमाडौं उपत्यका बाहिरका स्थानहरूमा अन्य कर्मचारी र अभिकर्ताहरूलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले नै प्रस्तुत गरेका हुन्।
उनले यसको महत्त्व र प्रभावका साथै यसलाई कार्यन्वयन गर्न हरेक कर्मचारीले गर्नुपर्ने कामको बारेमा जानकारी दिँदै आएका छन्। साथै कम्पनीले यस प्रकारको कार्यक्रम पुन: देशभरी क्रमशः विस्तार गर्ने समेत जनाएको छ।