नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका ग्राहकहरूले काठमाडौंस्थित हिल्टन होटलमा विषेश छुट पाउने भएका छन्।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआइएमबी) लिमिटेड र हिल्टन होटलबीच भएको सम्झौतामा एनआइएमबीका ग्राहकहरूलाई फुड एण्ड बेवरेजमा १० प्रतिशतसम्म छुट दिने भएको छ।
छुट सुविधा पाउन ग्राहकले एनआइएमबीको डेबिट÷क्रेडिट कार्ड वा एनआइएमबी स्मार्ट (मोबाइल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ।
ग्राहकहरूलाई डिजिटल माध्यम प्रयोग गरी भुक्तानी प्रोत्साहन गर्न विभिन्न छुट तथा सुविधाहरू बैंकले दिँदै आएको छ।