सोमबार घटेको नेप्से परिसूचकले त्यसअघिकै वृद्धि प्रवृत्तिलाई समात्ने संकेत दिएको छ।
सोमबार नेप्से परिसूचक ३४.४६ अंकले बढेर २७६० विन्दुमा पुगेको छ। शुक्रबार मौद्रिक नीति आएसँगै सकारात्मक बनेको बजारमा सोमबार भने बिक्री चाप बढेको थियो।
सोमबार गरेको कारोबार रकम बुधबार नै पाइने र आर्थिक वर्षअन्तको हिसाब मिलाउन सहयोग पुग्ने भएपछि बिक्री चाप बढेको थियो।
यसरी बढेको बिक्री प्रभाव मंगलबारबाटै घटेको हो। मंगलबार गरेको कारोबारको रकम भने साउनपछि मात्रै पाइन्छ। मंगलबार कारोबार रकम पनि वृद्धि भएको छ।
सोमबार आठ अर्ब १७ करोड रूपैयाँको कारोबार भएकोमा मंगलबार नौ अर्ब ४१ करोड रूपैयाँ पुगेको छ।
मंगलबार कारोबारमा आएका सबै समूहगत परिसूचक बढेका छन्। बैंकिङ समूहको परिसूचक सबैभन्दा धेरै १.९२ प्रतिशतले बढेको छ।
यसदिन तीन सय १७ कम्पनीको सेयर किनबेच भएकोमा दुई सय ४४ वटाको मूल्य बढेको छ भने ६३ वटाको मूल्य घटेको छ।
यसदिन सुपर मादी हाइड्रोको सेयर मूल्य सबैभन्दा धेरै आठ प्रतिशतले बढेर एक हजार ६४ रूपैयाँ पुगेको छ। त्यस्तै, भगवती हाइड्रोपावरको ४.६४ प्रतिशतले मूल्य घटेर नौ सय ५५ रूपैयाँमा अन्तिम कारोबार भएको छ।
बुटवल पावर कम्पनीको सबैभन्दा धेरै ५२ करोड रूपैयाँको सेयर कारोबार भएको छ।