एनआइसी एसिया बैंकले तीन करोडसम्मको ‘एनआइसी एसिया साथी घर कर्जा’ योजना सार्वजनिक गरको छ।
ग्राहकको आवश्यकतालाई पूरा गर्ने उद्देश्यले यस्तो योजना सार्वजनिक गरेको हो।
‘सपना तपाईंको, साथ हाम्रो’ भन्ने नाराका साथ बैंकले सार्वजनिक गरेको यस घर कर्जा आकर्षक ब्याजदर एवं अन्य आकर्षक सेवा सहित उपलब्ध हुनेछ।
न्यूनतम ५० लाखदेखि अधिकतम तीन करोड रूपैयाँसम्म प्रदान गरिने घर कर्जा अन्तर्गत घर तथा अपार्टमेन्ट खरिद गर्न, घर निर्माण तथा पूनर्निर्माण गर्न र घडेरी खरिद गर्नका लागि कर्जा उपलब्ध हुनेछ।
सहज कर्जा प्रक्रियाबाट प्रदान गरिने यो कर्जाको अवधि अधिकतम २५ वर्ष रहेको छ।
पहिलो पटक घर खरिद वा निर्माण गर्ने व्यक्तिको हकमा कर्जा र सोको धितो सुरक्षणको अनुपात अधिकतम ८० प्रतिशत र अन्यको हकमा अधिकतम ७० प्रतिशत कायम गरिएको छ।