एनआइएमबी एस क्यापिटल, पायनियर ल एसोसिएट र इक्रा नेपाल लिमिटेडको संयुक्त आयोजनामा ‘रोड टु आइपिओ’ कार्यशाला सम्पन्न भएको छ।
कर्पोरेट संस्थाहरूलाई प्राथमिक सार्वजनिक निष्काशनको प्रक्रियागत जानकारी तथा रणनीतिक मार्ग दर्शन प्रदान गर्नु रहेको थियो।
एनआइएमबी एस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेले कम्पनीहरूको दीर्घकालीन रणनीति निर्माणमा आइपिओमार्फत पूँजी परिचालनले महत्वपूर्ण भूमिका खेल्ने बताए।
कार्यक्रममा पायनियर ल एसोसिएट म्यानेजिङ पार्टनर अनुप राज उप्रेतीले आइपिओसँग सम्बन्धित कानूनी पक्षहरू तथा नियामकीय व्यवस्थाहरूबारे प्रस्तुति दिए।
साथै, एनआइएमबी एस क्यापिटलका नायब कार्यकारी निर्देशक सचिन्द्र ढुंगानाले संस्थागत सुशासन, पुँजी संरचना, मूल्य निर्धारण, निष्काशन विधि तथा उचित समय निर्धारणजस्ता विषयमा चर्चा गरे।
कार्यक्रममा इक्रा नेपालका प्रमुख कार्यकारी अधिकृत राजिव महर्जनले कम्पनीको वित्तीय स्थिति, क्रेडिट रेटिङ र लगानीकर्ताको धारणाबीचको सम्बन्धबारे जानकारी दिए।
यस पहलमार्फत आयोजक संस्थाहरूले वित्तीय साक्षरताको प्रवर्द्धन, संस्थागत सुशासनको सुदृढीकरण, र नेपाली व्यवसायहलाई पुँजी बजारमा प्रवेश गर्न प्रोत्साहित गर्ने उद्देश्य पुनः स्पष्ट पारेका छन्।