मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। यसदिन नेप्से परिसूचक १९.८९ अंकले घटेर २७४१ बिन्दुमा आइपुगेको हो।
कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। सोमबार पाँच अर्ब १० करोड रूपैयाँ कारोबार भएकोमा आइतबार ४ अर्ब ४३ करोड रूपैयाँ पुगेको छ।
कारोबारमा आएका ‘अन्य’ तथा सबै समूहगत परिसूचक घटेका छन्। यसदिन सबैभन्दा बढी व्यापारमूलक समूह १.९७ प्रतिशतले घटेको छ।
यसदिन तीन सय २३ वटा लगानी उपकरणको कारोबार भएकोमा एक सय ७४ वटाको मूल्य बढ्यो, दुई सय ५८ वटाको मूल्य घट्यो। बाँकीको स्थिर रह्यो।
यसदिन सोमबारबाट कारोबारमा आएको हिम स्टार उर्जाको सेयर मूल्य सबेभन्दा धेरै ९.९८ प्रतिशतले बढेर २९४ रूपैयाँमा कारोबार भयो।
यसदिन उन्नती सहकार्य लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ७.४७ प्रतिशतले घटेर २ हजार ४६ रूपैयाँमा कारोबार भइरहेको छ।