नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड र नेपाल मेडिकल एसोसिएसन बीच व्यावसायिक सम्झौता भएको छ।
यी दुई कम्पनी बीच विस्तारित बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले साे सम्झौता भएको हो।
सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र मेडिकल एसोसिएसनतर्फ अध्यक्ष डा. अनिल बिक्रम कार्कीले हस्ताक्षर गरेका छन्।
यस सम्झौता मार्फत एसोसिएसनका सबै सदस्यलाई विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गरिएको छ।
सम्झौता अनुसार एसोसिएसनका सदस्यले बैंकको २७५ वटा शाखामार्फत व्यवसायिक बचत खाता खोलि दस लाखको दुर्घटना बिमा सुविधा सहित अन्य व्यावसायिक कर्जा, साना तथा मझौला कर्जा, क्लिन सोसल कर्जा, व्यक्तिगत कर्जा, सवारी तथा घर कर्जा, डेबिट/क्रेडिट कार्ड र मोबाइल बैंकिङमा विशेष छुट पाउँनेछन्।