आन्दोलनबाट क्षति पुगेका सवारी साधन किन्न बैंकहरूले ८० प्रतिशतसम्म कर्जा दिने भएका छन्।
राष्ट्र बैंकले शुक्रबार परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो।
यो सुविधा उद्योग वा व्यावसायिक प्रतिष्ठानमा व्यावसायिक रूपमा प्रयोग भइरहेका सवारी तथा ढुवानीका साधनमा भएको क्षति प्रतिस्थापन गर्न दिइने कर्जामा मात्र लागु हुने भएको छ।
सबै प्रयोजनका विद्युतीय सवारी साधन र निजी प्रयोजनका व्यक्तिगत सवारी साधन किन्न ६० प्रतिशतसम्म ऋण पाइने अहिलेको व्यवस्था कायमै छ।