आइतबार सेयर बजार परिसूचकमा दोहोरो अंकको सुधार भएको छ। यस दिन नेप्से परिसूचक ११.५१ अंकले घटेर २६६३ विन्दुमा आएको छ। कारोबार रकममा पनि कमी आएको छ।
आइतबार दुई अर्ब ९३ करोड रूपैयाँको कारोबार भएको छ। बिहीबार तीन अर्ब २६ करोड रूपैयाँको सेयर कारोबार भएको थियो।
कारोबारमा आएका तीन सय १४ लगानी उपकरणमध्ये दुई सय एकको मूल्य बढेको छ। त्यस्तै, ८८ वटाको घटेको छ भने बाँकीको मूल्य स्थिर छ।
सूचीकरण पछि लगातार १० प्रतिशतले मूल्य बढेर सर्किट ब्रेक लाग्दै आएको हिमस्टार कम्पनीको मूल्य ०.७२ प्रतिशतले घटेको छ।
कम्पनीको सेयर ६ सय ८८ रूपैयाँमा कारोबार भएको छ।
ग्लोबल आइएमई सम्मुनत योजनाको इकाइ १० प्रतिशतले बढेर सर्किट ब्रेक लागेको छ। यो इकाइ नौ रूपैयाँ ७९ पैसामा कारोबार भएको छ।
सिकलेस हाइड्रोको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेर सर्किट ब्रेक लागेको छ। कम्पनीको सेयर ६ सय ५७ रूपैयाँमा कारोबार भएको छ।
यस दिन युनियन हाइड्रोपावर कम्पनीको सबैभन्दा धेरै २४ करोड रूपैयाँको सेयर कारोबार भएको छ।