१० भारू (भारतीय रूपैयाँ) अंकित मूल्य रहेको एलजी इण्डियाको मंगलबारबाट कारोबार सुरू हुने भएको छ।
कम्पनीको सेयर सूचीकरण मूल्य एक हजार पाँच सय १८ भारू बराबर हुने भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
कोरियन मुल कम्पनी रहेको एलजी इण्डियाको गत अक्टुबर सातदेखि ९ सम्म सेयर बिक्री खुला गरिएको थियो।
सन् २०२५ मा भारतकै दोस्रो ठूलो यो आइपिओमा कम्पनीको ग्रे मार्केट प्रिमियम (अनौपचारिक मूल्य) सेयर मूल्य थप तीन सय ७८ भारू थियो।
सेयर जारी गर्दाको प्रतिकित्ता मूल्य एक हजार ४० भारू देखि एक हजार एक सय ४० भारू तोकिएको थियो।
अनौपचारिक मूल्य तीन सय ७८ भारू सहित अब यो कम्पनीको पहिलो दिनमा कारोबार करिब एक हजार पाँच सय १८ भारूबाट हुने अनुमान गरिएको हो।
अक्टुबर १४ (मंगलबार) कम्पनीको सेयर भारतीय ठूला बजार बिएससी र एनएससीमा सूचीकृत हुने भएको छ।
सात करोड १३ लाख सेयर बिक्रीको लागि आवेदन माग भएकोमा तीन अर्ब ८५ करोड सेयरको माग परेको थियो।
५४.०२ गुणा बढी सेयर आवेदन परेको हो। कम्पनीको सेयरमा ४० खर्ब भारू बराबरको आवेदन परेको हो। कुल १० करोड १८ लाख कित्ता सेयर मध्ये दुई करोड तीन लाख कित्ता सेयर क्वालिफाइड इन्भेष्टरलाई छुट्याइएको थियो।
१९९७ मा स्थापित एलजी इलेक्ट्रोनिक्स इन्डिया भारतकै सबैभन्दा ठूलो घरायसी उपकरण र इलेक्ट्रोनिक्स उत्पादन तथा वितरण गर्ने कम्पनीहरूमध्ये एक हो। यसले वाशिङ मेसिन, एसी, माइक्रोवेभ, टिभी र फ्रिजजस्ता उत्पादन गर्छ।
बलियो ब्रान्ड छवि, बढ्दो उपभोक्ता माग, र ठोस आर्थिक आधारका कारण एलजी इलेक्ट्रोनिक्सलाई दीर्घकालिन लगानी उपकरण हुने विश्लेषकहरू बताउँछन्।