ग्लोबल आइएमई बैंकले दोस्रो पटक ग्लोबल फाइनान्स म्यागाजिनको ‘बेष्ट बैंक अवार्ड २०२५’ बाट सम्मानित भएकाे छ।
शनिबार अमेरिकामा आयोजित कार्यक्रममा ग्लोबल फाइनान्सका प्रतिनिधिले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई अवार्ड प्रदान गरेका हुन्।
विश्वसनीयता, वित्तीय श्रोत परिचालन, पहुँच विस्तार, ग्राहकमैत्री सेवा र क्रेडिट रेटिङजस्ता मापदण्डका आधारमा ग्लोबल आइएमई बैंकलाई नेपालका लागि उत्कृष्ट बैंकको रूपमा चयन गरिएको हो।
यो अवार्डसहित बैंक लगातार दुई वर्ष (२०२४ र २०२५) ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्डबाट सम्मानित भएको छ।
अध्यक्ष ढकालले यो सम्मानले बैंकलाई अझ उत्कृष्ट सेवा प्रदान गर्न प्रेरणा मिलेको बताउँदै नेपाल सरकार, राष्ट्र बैंक, सेयरधनी, कर्मचारी र ग्राहकप्रति आभार व्यक्त गरे।
ग्लोबल फाइनान्सले यस वर्ष एचएसबिसी (हङकङ), स्टेट बैंक अफ इन्डिया, चाइना कन्स्ट्रक्सन बैंक, युओबी मलेशिया र एसएमबिसी जापानसहित विश्वका विभिन्न बैंकहरूलाई विभिन्न विधामा सम्मानित गरेको छ।
ग्लोबल आइएमई बैंकले देशभरका ७७ जिल्लामा ३५२ शाखा, ३८४ एटिएम र एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको छ।
बैंकले बैंकिङ सेवासँगै विश्वका विभिन्न देशबाट रेमिट्यान्स सेवा पनि सञ्चालन गर्दै आएको छ।