आइतबार नेप्से परिसूचक एकै दिन ३०.०२ अंकले घटेको छ। बजार बन्द हुँदा नेप्से २५६६ मा आएको छ।
२६ सय विन्दुमा अडिने लामो संघर्ष सफल नभएपछि नेप्से ओरालो लागेको छ।
यसदिन कारोबार रकम पनि सुधार हुन सकेको छैन भने बजारमा कारोबारमा रहेका सबै समूहगत परिसूचक पनि घटेका छन्।
वित्त कम्पनी समूह सबैभन्दा धेरै २.९१ प्रतिशतले घटेको छ। आइतबार चार अर्ब ९० करोड रूपैयाँको कारोबार भएको छ।
बिहीबार पाँच अर्ब ५१ करोड रूपैयाँको कारोबार भएको थियो।
यसदिन तीन सय २३ लगानी उपकरण कारोबारमा आउँदा ४७ वटाको मूल्य बढेको छ। दुई सय ६० वटाको मूल्य घटेको छ भने बाँकीको स्थिर छ।
हालै सूचीकरण भएका माबिलुङ्ग इनर्जी, दरमखोला जलविद्युत र सागर डिष्टिलरीको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट ब्रेक लागेको छ।
बजार बन्द हुँदा माबिलुङ्ग इनर्जीको सेयर चार सय ६४ रूपैयाँ ९० पैसा, दरमखोलाको चार सय ८६ रूपैयाँ ६० पैसा र सागरको तीन सय ५१ रूपैयाँ ४० पैसामा कारोबार भएको हो।
उन्नती सहकार्य लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेको छ। कम्पनीको प्रतिकित्ता दुई हजार एक सय ७० रूपैयाँमा अन्तिम कारोबार भएको छ।
यसदिन युनियन हाइड्रोको सबैभन्दा धेरै रकमको सेयर कारोबार भएको छ। कम्पनीको २७ करोड ७६ लाख रूपैयाँको सेयर किनबेच भएको हो।