नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा स्वस्तिक लघुवित्तको सेयर सूचीकृत भएको छ। सोमबार कम्पनीको ५ लाख ७७ हजार ५ सय कित्ता सेयर नेप्सेमा सूचीकृत भएका हो।
सूचीकृत भएसँगै मंगलबारदेखि कम्पनीको सेयर कारोबार सुरू हुनेछ। कम्पनीले नेप्सेबाट पहिलो कारोबारको लागि एक सय ७१ रूपैयाँ ७८ पैसादेखि पाँच सय २१ रूपैयाँ ३४ पैसाको मूल्य रेञ्ज पाएको छ।
स्वस्तिक लघुवित्तले साउन ३० देखि भदौ ३ गतेसम्म सर्वसाधारणका लागि १ लाख ९५ हजार १ सय ९५ कित्ता आइपिओ सेयर बिक्री खुला गरेको थियो।
भदौ १२ गते बाँडफाँड गरिएको उक्त आइपिओमा १९ हजार ५१९ जनाले सेयर पाएका थिए। जसमा ५ जनाले ११ कित्ता सेयर प्राप्त गरेका थिए।